site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झाडापखाला र हैजाबाट जोगिन यी कुरामा ध्यान दिऔँ

काठमाडौं । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजालगायत रोगहरू फैलने सम्भावना उच्च हुन्छ । त्यसबाट जोगिनका विभिन्न सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले झाडापखाला, हैजालगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार अपनाउन सुझाव दिएको छ ।

Dabur Nepal
NIC Asia

कसरी अपनाउने स्वस्थ व्यवहार ?
– उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिऔँ ।
– खानेपानीलाई सधैँ सफा भाँडामा ढाकेर राखौँ । सफा भाँडाले मात्र खानेपानी निकालौँ ।
– खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔँ । सडेगलेको, बासी र झिँगा भन्केका खानेकुरा नखाऔँ । खानेकुरालाई सफा भाँडाले ढाकेर राखौँ ।
– खाना बनाउनुअघि, खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नुअघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धोऔँ ।
– साबुनपानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौँ ।
– दिसा–पिसाब चर्पीमा मात्र गरौँ र बालबालिकाको दिसा–पिसाबलाई पनि चर्पीमा नै फ्याकौँ ।
– झाडापखाला भइहालेमा तुरुन्त पुनर्जलीय झोलसँगै प्रशस्त मात्रामा पोसिलो झोलिलो खानेकुरा खाऔँ ।
हैजा तथा झाडापखालाका लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।

adf1688356426.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro