site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ । 

१८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्यक्रममा धर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए ।

उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि, हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४६ ओभर पाँच बलमा सबै विकेट गुमाएर १८१ रनको योगफल बनायो । 

उसका लागि कप्तान भ्रित्या अरविन्दले सर्वाधिक ४४ रन बनाए । राहन मुस्तफाले ३५ रन थपे । 

नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर तीन ओभर मेडन राख्दै २३ रन खर्चेर तीन विकेट लिए । करण केसीले आड ओभर पाँच बलमा ३६ रन खर्चेर तीन विकेट लिए । प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र ऐरीले एक एक विकेट लिए । 

नेपालले अब सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro