site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अपेक्षाअनुसार चिनियाँ पर्यटक आगमन किन बढेन ?

काठमाडौं । कोरोना महामारीले ठप्प बनेको नेपाली पर्यटन क्षेत्रले अहिले लय समातेको छ । २०२३ को ६ महिनामा हवाई मार्गबाट चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल आएका छन् ।

कोरोनापछिको तुलनामा नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । तर, अपेक्षाअनुसार पर्यटक आगमन भने हुन सकेको छैन ।

नेपाल घुम्न आएका कुल पर्यटकमध्ये चीनबाट २० हजार ११७ पर्यटक नेपाल आएका छन् । यो नेपाल घुम्न आउने पर्यटक संख्याको ४.२२ प्रतिशत हो ।

Dabur Nepal
NIC Asia

गत मार्चमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकहरू घुम्न जाने देशहरूको सूचीमा नेपाललाई समावेश गरेको थियो । त्यसपछि कोरोनाले बन्द भएको चीन–नेपाल हवाई उडान पुनः सुचारु भयो । यसले चीनबाट नेपाल घुम्न आउने पर्यटकका संख्यामा वृद्धि हुने अपेक्षा थियो । तर, अपेक्षाअनुसार पर्यटक संख्या भने वृद्धि हुन सकेको छैन ।

यसैबीचमा पोखरामा ‘नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल २०२३’ को आयोजना गरियो । जसले अन्य देशबाट आउने पर्यटकको संख्या घटे पनि चीनबाट आउने पर्यटकको संख्या भने घटेको छैन ।

चीनबाट कुन महिनामा कति पर्यटक आए ?

जनावरीमा एक हजार ४३६, फेब्रुअरीमा दुई हजार २६६, मार्चमा दुई हजार ६३५, अप्रिलमा चार हजार ७७०, मेमा चार हजार ६६७ र जुनमा चार हजार ३४३ चिनियाँ पर्यटक नेपाल घुम्न आएका बोर्डको तथ्यांक छ ।

पर्यटकीय गतिविधिको हिसाबले जुन, जुलाई, अगष्टलाई अफ सिजनको रुपमा हेरिन्छ । तुलनात्मक रुपमा पर्यटक आगमन नघटेको भए पनि अपेक्षाअनुसार नआएका बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

“चीनले घुम्ने गन्तव्यको रुपमा नेपाललाई राखेको र हवाई उडान सुरु भएको कारण नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुने अपेक्षा थियो,” उनले भने, “तुलनात्मक हिसाबले हेर्दा पर्यटक आगमन घटेको छैन । तर अपेक्षाअनुसार आगमन हुन सकेन ।”

चिनियाँ बजारमा नेपाली पर्यटन गन्तव्यको बारेमा प्रचारप्रसार गर्नुपर्ने बोर्डका निर्देशक लामिछानेले बताए । चिनियाँ बजारमा पर्यटकीय गतिविधि कम भएको कारण पनि अपेक्षाअनुसार पर्यटक आगमन हुन नसकेको उनको धारणा छ ।

निर्देशक लामिछानेले चिनियाँ बजारमा नेपालका पर्यटकीय गन्तव्यको बारेमा प्रचार–प्रसार र पर्यटक आगमन बढाउनको लागि पर्यटनसँग सम्बन्धित कार्यक्रममा जोड दिनुपर्ने बताए ।

यी देशबाट आए १० हजारभन्दा बढी पर्यटक

२०२३ को ६ महिनामा सबैभन्दा धेरै भारतबाट एक लाख ६७ हजार ६०५ पर्यटक नेपाल आएका छन् । दोस्रोमा अमेरिकाबाट ४९ हजार ४३३ पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् ।

भारत : १,६७,६०५
अमेरिका : ४९,४३३
बेलायत : २४,२६४
चीन : २०,११७
अस्ट्रेलिया : १७,६९६
बंगलादेश : १३,६२४
थाइल्यान्ड : १४,११२
साउथ कोरिया : ११,५५४
जर्मनी : १२,१६७
फ्रान्स : १०,२५०

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro