site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई यूएईको १८२ रनको लक्ष्य
फाइल तस्बिर।

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईबाट १८२ रनको लक्ष्य पाएको छ ।

हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याट्रिमा उत्रिएको यूएईले ४६ ओभर पाँच बलमा सबै विकेट गुमाएर १८१ रनको योगफल बनायो । 

उसका लागि कप्तान भ्रित्या अरविन्दले सर्वाधिक ४४ रन बनाए । राहन मुस्तफाले ३५ रन थपे । 

नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर तीन ओभर मेडन राख्दै २३ रन खर्चेर तीन विकेट लिए । करण केसीले आड ओभर पाँच बलमा ३६ रन खर्चेर तीन विकेट लिए । प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र ऐरीले एक एक विकेट लिए । 

यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro