site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिठ्ठा परेर होइन, देउवा योग्यताले पाँचपटक प्रधानमन्त्री बनेका हुन् : परराष्ट्रमन्त्री साउद 

काठमाडौँ । परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सभापति शेरबहादुर देउवा चिठ्ठा परेर पाँचपटकसम्म प्रधानमन्त्री नभएको बताएका छन् । आइतबार नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले एकै मान्छेलाई कहाँ पाँचपटक चिठ्ठा पर्छ भन्दै प्रश्न गरे ।

“धेरै मान्छेले भन्छन्, शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन । तपाईं कसैलाई पाउनु हुन्छ पाँचपटक लट्री परेको मान्छे ? कहीँ पाँचपटक एकै मान्छेलाई लट्री पर्छ ?,” साउदले भने, “शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो । पार्टीले, विचारले हुनुभएको हो ।”

Dabur Nepal
NIC Asia

मन्त्री साउदले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ पार्टीको संगठन सामाजिक सञ्जालबाहेक अन्त नरहेको दाबी गरे ।

“नयाँ नयाँ पार्टी आइरहेका छन् । सोसल मिडियाबाहेक उनीहरूको कतै संगठन छैन । उनीहरू अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्,” उनले भने, “पार्टी पद्धतिमा विश्वाश गर्दैनन् । पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन् । त्यही भएर लगातार विवादमा परिराखेका छन् ।”

नेपालमा वामपन्थी चिन्तन उत्पादन नबढाउने तर वितरण बढाउने खालको भएको साउदको भनाइ छ । फरक प्रसंगमा उनले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउने पार्टी भनेकै कांग्रेस रहेको बताए ।

“हामी अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौँ । लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सक्ने भएकाले हामी लोकतन्त्रका सबैभन्दा भरपर्दो पार्टी हौँ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro