site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडक : पहिरो पन्छाउन अझै केही समय लाग्ने
तस्बिर : सडक डिभिजन भरतपुर ।

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ । सडक डिभिजन भरतपुरका अनुसार गए राति करिब १२ बजे ढुंगासहित खसेको पहिरोको कारण सडक  अवरुद्ध छ ।

आज बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलानजिक पहिरो खसेको हो । बिहानैदेखि पहिरो हटाउने कार्य भइरहे पनि सडक खुलाउन समय लाग्ने प्रहरी निरीक्षक तामाङले बताए ।

आज बेलुकासम्म दुईतर्फी नै सडक सञ्चालनमा आउन सक्ने उनको भनाइ छ । “बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको छ । झर्ने क्रम पनि छ । समय लाग्छ । मेसिनले हटाउने हो,” उनले बाह्रखरीसित भने, “बेलुकासम्म खुल्छ भन्ने अपेक्षा गरेका छौँ ।”

गएको बिहीबारयता उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने कार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बीचबाटोमा रोकिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro