site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेबनानलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक विजेता भारत फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ ले पारजित गर्दै घरेलु टोली भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बेङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पेनाल्टी सुटआउटमा साविक विजेता भारतका कप्तान सुनिल क्षेत्री, अनबर अली, महेशसिंह नोरेम र उदान्त सिंहले गोल गरे । लेबनानका लागि वालिद सोउर, मोहम्मल सादेकले गोल गर्दा कप्तान हसन मटुक र खलिल बादेरको प्रहारले भने जाली चुम्न सकेन ।

माटुकको प्रहारलाई भारतका गोलकिपर गुरप्रितसिंह सन्दुले बचाएका थिए । बादेरको प्रहार भने बाहिरिएको थियो ।

Global Ime bank

भारत समूह ‘ए’ को विजेता तथा लेबनान समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । कुवेत बंगलादेशलाई १० ले पराजित गर्दै फाइनल पुगेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय