site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१, धैरेनी, बगनासकाली–४, सेरा र रम्भा गाउँपालिका–३, लसुनेनजिकै पहिरो खसेको छ ।

यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुलनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाले कालीगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ । सडकमाथिबाट ढुंगासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका–१, स्याउली बजार र साँखर्दी खोलाको बीचभागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए ।

यस्तै, पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ ।

रामपुर जोड्ने सडक निस्दी–५, ढुंगानाबेँसीनजिकै पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन् । रासस

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro