site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सञ्चालनमा आएको केही समयमै सडक पुनः अवरुद्ध भएको हो । 

आज बिहान तुईन खोलामा खसेको पहिरोले अवरुद्ध उक्त सडकखण्ड केही समयपछि दुईतर्फी संचालनमा आएको थियो । यद्यपि, माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारी साधन सावधानीका साथ चलाउन आग्रह गरिएको थियो । 

बिहान साढे ११ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्साउने काम भने भइरहेको छ । पहिरो झरेर सडक अवरुद्ध भइरहने भएकाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ राखिएको छ । 

यो सडक हुँदै दैनिक औसत १० हजार गाडी आवतजावत गर्छन । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro