site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । 

पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्छन् । रासस

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्