site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पहिरोले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात  पहिरोका कारण अवरुद्ध भएको छ । 

जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पांग्रे  पोखरी खण्डमा खसेको पहिरोको कारण  यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए । नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । पहिरोले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ । 

यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिरोको कारण अवरुद्ध भएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए ।  

Global Ime bank

जिल्लाको मुख्य राजमार्ग पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय