काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो ।
गत मंगलबार पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्तेको अभियोगमा छानबिन गर्न प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले आफूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न माग गरेका छन् ।