site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानमा डेंगीका कारण दुईजनाको मृत्यु, ५०० बढी संक्रमित  
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । धरान–१७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो ।

उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको यादवले बताए । यो वर्ष धरानमा जेठ पहिलो सातादेखि फैलिएको डेंगी अहिले भयावह बनेको हो ।

“हामीले खोज र नष्ट गर अभियान पनि चलाइरहेका छौँ । तर, अधिकांश संक्रमित घरमै रहने, उपचारमा नपुग्ने भएकाले संक्रमण फैलिँदै गएको छ,” उनले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro