site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्सनल डेक्लान राइसका लागि १०५ मिलियन पाउन्ड खर्चिन तयार 
Tiktok banner adTiktok banner ad

काठमाडौं । इंग्ल्यान्डका मिडफिल्डर डेक्लान राइसलाई वेस्ट ह्यामबाट १०५ मिलियन पाउन्डमा भित्र्याउन आर्सनल तयार भएको छ ।

वेस्ट ह्यामले राइसका लागि आर्सनलले गरेको यसअघिका दुई प्रस्ताव अस्वीकार गरेको थियो । तेस्रो प्रस्तावमा सहमति जनाएको बीबीसीले खुलाएको छ ।

वेस्ट ह्यामले यसअघि राइसका लागि म्यानचेस्टर सिटीबाट आएको ९० मिलियन पाउन्डको प्रस्ताव पनि अस्वीकार गरेको थियो ।

वेस्ट ह्यामका कप्तान समेत रहेका राइस सन् २०१४ मा चेल्सीको एकेडेमीबाट वेस्ट ह्याम आएका थिए । वेस्ट ह्यामले यो महिनाको सुरुआतमा युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको थियो । वेस्ट ह्यामले पछिल्ला ४३ वर्षमा जितेको यो पहिलो प्रमुख उपाधि थियो । राइस र वेस्ट ह्यामबीच सन् २०२४ सम्मको सम्झौता थियो ।

आर्सनलले राइसका लागि १०० मिलियन पाउन्ड प्रारम्भिक र पाँच मिलियन ‘एड वान्स’ प्रस्ताव गरेको हो । यो यसअघि सिटीले ज्याक ग्रिलिसका लागि खर्चेको (१०५ मिलियन पाउन्ड) रकमबराबर हो ।

प्रिमियर लिगमा चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई बेन्फिकाबाट भित्र्याउँदा सबैभन्दा धेरै रकम खर्चेको थियो । त्यस बेला चेल्सीले फर्नान्डेजका लागि १०७ मिलियन पाउन्ड खर्चेको थियो । यो प्रिमियर लिगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सरुवा रकम हो ।

वेस्ट ह्यामका लागि राइसले २४५ खेलमा १५ गोल गरेका छन् । राइसले इंग्ल्यानडबाट ४३ क्याप जितेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro