site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यी हुन् साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार टोली

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशले भुटानविरुद्ध ३–१ को जित निकालेसँगै च्याम्पियनसिपको सेमिफाइनल पुग्ने अन्तिम चार टोलीको टुंगो लागेको हो ।

Dabur Nepal
NIC Asia

भुटानसँगको जितसँगै बंगलादेश समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । यो समूहबाट आमन्त्रित टिम लेबनान विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्यो । लेबनानले समूह ‘बी’ मा नौ अंकसहित शीर्ष स्थान हासिल गर्दा दोस्रो स्थानको बंगलादेशले तीन खेलबाट ६ अंक जोड्यो । समूह ‘बी’ मा लेबनान र बंगलादेशसँगै माल्दिभ्स र भुटान थिए ।

यता, समूह ‘ए’ बाट आमन्त्रित टिम कुवेत विजेता र साविक विजेता तथा घरेलु टिम भारत उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरे । दुवै टिमले तीन खेलबाट सात अंक जोडे पनि गोलआधारमा कुवेत शीर्ष स्थानमा रहँदै सेमिफाइन प्रवेश गरेको हो ।

समूह ‘ए’ मा कुवेत र भारतसँगै नेपाल र पाकिस्तान थिए । साविक उपविजेतासमेत रहेको नेपाल समूहको तेस्रो स्थानमा र पाकिस्तान पुछारम रहँदै प्रतियोगिताबाट बाहिरिए ।

सेमिफाइनलमा अब समूह ‘ए’ को विजेता कुवेतले फाइलन प्रवेशका लागि समूह ‘बी’ को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, समूह ‘बी’ को विजेता लेबनानले भने समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ । दुवै सेमिफाइनल खेलहरु असार १६ गते हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro