site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । भुटानविरुद्ध ३–१ को जित निकाल्दै बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै बंगलादेश समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइन प्रवेश गरेको हो ।

बंगलादेश पछिल्लो पटक सन् २००९ मा सम्पन्न च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यसयताका सबै संस्करणमा बंगलादेश समूह चरणबाटै बाहिरिएको थियो ।

बुधबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा भुटानले लिएको १–० को अग्रता उल्टाउँदै बंगलादेशले जित निकालेको हो । बंगलादेशको जितमा राकिब हुसैन र सेख मोर्सालिनले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

बंगलादेशले एक गोल भने भुटानबाट आत्मघाती उपहार पाएको थियो । भुटानका सेलथ्रिम नाम्गेलले एक गोल गरेका थिए ।

खेलको १२औँ मिनेटमा नाम्गेलले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर, भुटानको यो अग्रता लामो समय टिक्न सकेन । सेख मोर्सालिनले २२औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

३१औँ मिनेटमा भुटानका रक्षक फुन्तोसो जिग्मेबाट आत्मघाती गोल भएपछि बंगलादेशले २–१ को अग्रता बनाएको थियो । त्यसको पाँच मिनेटपछि नै रकिब हुसैनले गोल गर्दै बंगलादेशको अग्रतालाई ३–१ को सहज अवस्थामा पुर्‍याएका थिए । यसपछि दुवै टिमबाट गोल नहुँदा बंगलादेशले ३–१ को जितसहित अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

बंगलादेशले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता कुवेतसँग खेल्नेछ । बंगलादेशसँगको हारले भुटान भने जितविहीन घर फर्किने भएको छ । समूह ‘बी’ को पुछारमा रहेको भुटान अंकविहीन बन्यो । यो समूहबाट भुटानसँगै माल्दिभ्स पनि सेमिफाइनमा पुग्न असफल रह्यो ।

साफ च्याम्पियनसिपको १४औँ संस्करणमा दुई आमन्त्रितसहित आठ टिम सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा घरेलु टिम भारतसँगै, नेपाल, पाकिस्तान र आमन्त्रित टोली कुवेत थिए । समूह ‘ए’ बाट नेपाल र पाकिस्तान बाहिरिसकेका छन्  ।

यता, समूह ‘बी’ मा लेबनानसँगै बंगलादेश, माल्दिभ्स र भुटान थिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा सात देश रहे पनि फिफाको प्रतिबन्धका कारण यसपटक श्रीलंका च्याम्पियनसिपमा सहभागी भएको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro