site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा डेंगीबाट जुनमा मात्र ३४ जनाको मृत्यु
SkywellSkywell

ढाका । बंगलादेशमा जुन महिनामा डेंगीका घटनामा उल्लेख्य वृद्धि भएको छ  ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार ७३२ जनामा डेंगीको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

Dabur Nepal
NIC Asia

बंगलादेशमा यस वर्ष डेंगीका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कुल १४५ जना डेंगीका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगीका कारण मंगलबार दुईजनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा ६ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ ।

बंगलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेंगीको सङ्क्रमण देखिएको थियो ।

सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट ६ हजार २९७ जना डेंगीका बिरामी उपचार पछि घर फर्केका छन् । बंगलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेंगी ज्वरोको मौसम हो ।

बंगलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu