site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
असन्तुष्टिलाई कायम राख्दै बजेट पारित : अध्यक्ष यादव
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरूको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताए । उनले आफूहरूले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ । सरकारले धेरै कुराहरू करेक्सन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो । भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ भ्रष्टाचार हुने कारण के हो त्यसको पनि निरुपण खोज्नुपर्छ ।”

उनले देशमा भ्रष्टाचारको न्यूनीकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने बताए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय