site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतीय कप्तान सुनिलले तोडे अली अस्फाकको कीर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय कप्तान सुनिल क्षेत्रीले साफ च्याम्पियनसिपमा नयाँ कीर्तिमान बनाएका छन् ।

भारतमा जारी च्याम्पियनसिपको १४औँ संस्करणमा मंगलबार घरेलु टिमले आमन्त्रित टोली कुवेतविरुद्ध १–१ को बराबरी खेल्दा सुनिलले कीर्तिमान बनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुवेतविरुद्ध गोल गरेका सुनिल साफ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले च्याम्पियनसिपमा हालसम्म २४ गोल गरिसकेका छन् ।

सुनिलले यसअघि माल्दिभ्सका फरवार्ड अली अस्फाकको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यसअघि अली अस्फक २३ गोलसहित साफ च्याम्पियनसिपको उच्च गोलकर्ता बनेका थिए ।

Global Ime bank

मंगलबार समूह ‘ए’ को खेलमा भारत र कुवेतले अंक बाड्दा सुनिलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा भारतीय खेलाडी अनवर अलीबाट आत्मघाती गोल उपहार पाएपछि कुवेत खेलमा फर्किएको थियो ।

बराबरीका बावजुद दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलअगावै सेमिफाइन प्रवेश गरे पनि मंगलबारको खेलपछि समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लागेको थियो ।

समूह ‘ए’ बाट कुवेत विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल गर्दा नेपाल तेस्रो स्थानमा रहँदै र पाकिस्तान चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।

च्याम्पियनसिपको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, बंगलादेश र भुटान छन् । यसपटक च्याम्पियनसिपमा लेबनान र कुवेत आमन्त्रित टिमको रुपमा आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय