site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री भन्छन्– भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उनको भनाइ छ । 

उनले बर्सौंदेखि डुंगुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको बताए । 

आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्