site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मैले नेतृत्व गरेपछि ९ विधेयक संसद्मा दर्ता भए : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले सरकारको नेतृत्व गरेपछि संघीय संसद्मा ९ वटा विधेयक दर्ता भएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा आगार्मी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत बजेटको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रतिनिधिसभामा सात र राष्ट्रिय सभा दुई गरी नौ विधेयक दर्ता भएको जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यस अवधिमा आठवटा कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सहमति प्रदान गरिएको र ११ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरिएको बताए । 

प्रधानमन्त्रीले विभिन्न विषयको १७ वटा नियमावली, तीनवटा गठन आदेश, पाँचवटा निर्देशिकाको तर्जुमा सहमति प्रदान गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्