site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
थाइल्यान्डविरुद्ध २२५ रनको फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं । थाइल्यान्डविरुद्ध २२५ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २७० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै समेटियो । जितसँगै समूह ‘ए’मा रहेको नेपाल समूहको दोस्रो खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । थाइल्यान्डले यसअघि पहिलो खेलमा मलेसियासँग हार बेहोरेको हुँदा पहिलो जितबाटै नेपाल र मलेसिया सेमिफाइनल प्रवेश गरेका हुन् ।

थाइल्यान्डका इसान बनेर्जीले १६ र ओपनर दनुफोन फुयंगयोटपिनिटले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्यान्डका आठ ब्याटर शून्यमा आउट भएका थिए । जसमध्ये दुई ‘गोल्डेन डक’ भए ।

Dabur Nepal
NIC Asia

थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्तोष यादवले पाँच विकेट लिए । घातक बलिङ गरेका सन्तोषले ३.२ ओभरमा एक मेडन राख्दै आठ रनमात्र खर्चिए । अशोक धामीले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका अशोकले दुई मेडन राख्दै चार रनमात्र खर्चिए । अभिषेक तिवारीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै २१ रन खर्चिए ।

त्यसअघि, पहिले ब्याटिङमा आएको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २६९ रनको योगफल खडा गरेको थियो । नेपालका निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाएका थिए । नरेनले अविजित ५५ रन जोड्दा सन्तोष यादव र सुर्यान्सु कोइरालाले ४० रन थपे ।

No description available.

थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान दुई तथा जित सादा र पियावत नेद्रीले समान एक विकेट लिए ।

जितसँगै सेमिफाइनल प्रवेश गरेको नेपालले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार मलेसियाविरुद्ध खेल्नेछ । यो खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, मलेसिया र थाइल्यान्ड तथा समूह ‘बी’मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro