site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
श्रम आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार (वैशाख १८) ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

श्रमिककै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलन सफल भएको उनले उल्लेख गरे । श्रमिकका समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने विषयमा कांग्रेस गम्भीर रहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...साथीहरू होटेलमा कार्यरत श्रमिकहरूले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ, उहाँहरूले धेरै ठूलो कुरा, माग गर्नुभएको छैन,” उनले भने, “कानुन बनाएर यसलाई अगाडि बढाऔँ भनेर सुप्रिम कोर्टले पनि भनेको छ । त्यसलाई नेपाली कांग्रेसले कानुन बनाउन अघि बढ्छ ।”

ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच हाल व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपालमा पनि पर्ने उनले सुनाए ।

सांसद कोइरालाले श्रमिकले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल नहुने टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्