site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान
फाइल तस्बिर

काठमाडौं । पाँच दिने भ्रमणका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । सात सदस्यीय प्रतिनिधिमण्डलसहित गएराति मन्त्री श्रेष्ठ चीन प्रस्थान गरेका हुन् । 

उनी आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् । 

Dabur Nepal
NIC Asia

उनले बिहीबार (भोलि) उक्त मेलाको उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् । भोलि नै मन्त्री श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालयमा अध्ययनरत चिनिया, नेपाली र अन्य देशका विद्यार्थीलाई सम्बोधन गर्ने क्रार्यक्रम छ । शुक्रबार नै उनले सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

मन्त्री श्रेष्ठले शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियूको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

मन्त्री श्रेष्ठ आइतबार नेपाल फर्किनेछन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro