site stats
बाह्रखरी :: Baahrakhari
देश
सानोपाइला सहकारी ठगी : रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

लामिछानेविरुद्ध जेठ ३० गते नै सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको सरकारी वकिल कार्यालय पर्साका सूचना अधिकारी अनन्त न्यौपानेले जानकारी दिए । रविको हकमा रविको हकमा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो सहकारीको दुई अर्ब ३० करोड १४ लाख रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको छ ।

सहकारी ठगी प्रकरणमा यो अन्तिम सहकारी हो । लामिछाने यसअघिका पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा जोडिएका थिए । 

लामिछाने हाल सहकारी ठगी प्रकणमा पुर्पक्षका लागि रूपन्देही कारागारमा छन् । 

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्