अर्थ व्यवसाय

काठमाडौं । मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ देखि रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको मृत्यु भएको अवस्थामा शव निःशुल्क रूपमा घरसम्म पुर्याउने योजना ल्याएको छ । आइतबार (असार १) प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै मधेसका अर्थमन्त्री सुनीलकुमार यादवले यस्तो व्यवस्था गरिने बताएका हुन् ।
रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका मधेस प्रदेशका श्रमिकका शव छिटोछरितो ल्याउन संघीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरिने पनि उनले बताए ।
“मृत शरीर नेपाल भित्रिएपछि विभानस्थलबाट मृत व्यक्तिको घरसम्म पुर्याउने निःशुल्क सेवा दिने गरी व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ,” उनले भने ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ १८:५३
प्रतिक्रिया दिनुहोस्