site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतसँग बराबरी खेल्दा कुवेत समूह ‘ए’ को विजेता

काठमाडौं । घरेलु टिम भारतसँग १–१ को बराबरी खेल्दै आमन्त्रित टोली कुवेत साफ च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

मंगलबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा कुवेतसँग अंक बाँडेको भारत भने समूह उपविजेता बन्दै सेमिफाइन प्रवेश गरेको हो यी । दुवै टिमले समूह चरणको अन्तिम खेलअगावै अन्तिम चारमा स्थान बनाए पनि आजको खेलले विजेता र उपविजेताको टुंगो लगाएको हो ।

Dabur Nepal
NIC Asia

खेलमा सुरुआती अग्रता भने भारतले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीबाट आत्मघाती गोल उपहार पाएपछि कुवेत खेलमा फर्किएको थियो ।

खेलको अन्तिम समयमा दुवै टिमका समान एक खेलाडीले रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए । भारतका रहिम अली र कुवेतका अहमद अल्कालफ हात हालहालमा उत्रिएपछि रेफ्रीबाट दुवैले रातो कार्डको दर्शन गरेका थिए ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाकले पनि रातो कार्डको दर्शन गरेका थिए । उनले यसअघि पाकिस्तानविरुद्धको खेलमा पनि रातो कार्डको सामना गरेका थिए ।

जितसँगै तीन खेलबाट सात अंक जोडेको कुवेत गोलआधारमा शीर्ष स्थानमा पुगेको हो । समान खेलबाट समान अंक जोडेको भारत दोस्रो स्थानमा रह्यो । समूहबाट बाहिरिएको नेपालले तीन अंक जोड्दा पाकिस्तान अंकविहीन बन्यो ।

अब, कुवेतले फाइनल प्रवेशका लागि समूह 'बी' को विजेता र भारतले उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro