site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो हाफमा पाकिस्तानसँग बराबरीमा रोकियो नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानसँगको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले गोलका केही अवसर शृंजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेन ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ११औँ मिनेटमा नेपालका विमल घर्तीमगरले पाकिस्तानको पेनाल्टी क्षेत्रभन्दा बाहिर पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् ।

विमल वान भर्सेस वान अवस्थामा रहँदा पाकिस्तानका रक्षक एसाह सुलेमानले १८ यार्ड बक्स नजिकै फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । तर, उक्त फाउलमा विमलले नै प्रहार गरेको फ्रिकिकले पाकिस्तानी गोलकिपरका लागि कुनै असहजता बनाउन सकेन ।

Global Ime bank

४२औँ मिनेटमा विमलले गोलको सुनौलो मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन । मनिष डांगीले लेफ्ट साइटबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेको विमलको फितलो प्रहार गर्दा नेपालले गोलको मौका गुमाएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो खेल यस संस्करणको अन्तिम खेल हो । यसअघि दुई खेलमा हार बेहोरेको नेपाल र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० को हार बेहोरेको थियो ।

पाकिस्तानले भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० को हार बेहोरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय