अर्थ व्यवसाय
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा यात्रुको स्वागत र बिदाइमा बढीमा तीनजना मात्र जान पाइने भएको छ ।
आफन्तको स्वागत र बिदाइमा हुने भीडभाडले आवतजावतमा अवरोध र यात्रुको सेवा सुविधामा समेत असर परेको भन्दै यस्तो व्यवस्था गरिएको हो ।
यात्रुको स्वागत र बिदाइ गर्न आउने आफन्तको भीडभाडले विमानस्थल क्षेत्रमा ट्राफिक जाम हुने, यात्रु छाड्न जाने क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि यस्तो नियम लागु गरिएको विमानस्थलले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:१०
प्रतिक्रिया दिनुहोस्