site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध जितसहित सुखद अन्त्यको लक्ष्यमा नेपाल

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो खेल यस संस्करणको अन्तिम खेल हो । यसअघि दुई खेलमा हार बेहोरेको नेपाल र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० को हार बेहोरेको थियो । 

पाकिस्तानले भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० को हार बेहोरेको थियो । यसैकारण यो खेल दुवै टिमका लागि प्रतिष्ठाको खेल बन्नेछ ।

Dabur Nepal
NIC Asia

पाकिस्तानसँगको खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले खेलाडीको मनोबल उच्च रहेको बताएका थिए ।

356254188_291434213286914_4199281501207182972_n1687832052.jpg

“हाम्रा खेलाडीहरूको मनोबल उच्च छ । हामीलाई थाहा छ भारतविरुद्ध हामीले ठूलो सुधार गर्यौंं र एकसाथ खेल्यौं । मलाई लाग्छ थ्री नेसन्स कपबाट हामीले टिममा सकारात्मक रूपमा ठूलो परिवर्तन गरेका छौं,” अल्बर्टो एनेसले भने, “हामीले अझ आक्रामक शैलीमा खेल्नुपर्छ । जब हामी विपक्षी टिमबाट जवाफी आक्रमणहरू प्राप्त गर्छौं, हामीले आक्रमण रोक्न रणनीतिक फाउलहरू गर्नुपर्छ, जस्तै भारत र कुवेतले हामीविरुद्ध धेरै पटक गरे । मलाई आशा छ कि हामीले पाकिस्तानविरुद्धको खेलमा हाम्रो पासलाई सुधार्न सिक्नेछौं ।”

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

च्याम्पियनसिपको समूह ‘ए’ बाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारतसँगै पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro