site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाको जितमा हसरंगाको घातक बलिङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । वनिन्दु हसरंगाको घातक बलिङमा श्रीलंकाले आईसीसी क्रिकेट विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध १३३ रनको फराकिलो जित निकालेको छ ।

आइतबार जिम्बाब्वेस्थित क्विन्स स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३२६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ३१ ओभरमा सबै विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्डका कर्टिसले काम्फेरले ३९ रन बनाए । ह्यारी टेक्टरले ३३, जर्ज डकरेलले २६, गारेथ डेलानीले १९ र कप्तान एन्डी बलबिर्नीले १२ रन जोडे ।

आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका वनिन्दु हसरंगाले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका हसरंगाले ७९ रन खर्चिए । महिसा थिक्षणाले दुई विकेट लिँदा कासुन रजिथा, लहिरु कुमारा र दासुन सनाकाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२५ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका दिमुथ करुणारत्नेले १०३ रन बनाएका थिए । उनले १०३ बलमा आठ चौका प्रहार गरे । सदिरा समराविक्रमाले ८२ रन थपे । धनन्जय डी सिल्भाले अविजित ४२, चरिथा असलांकाले ३८ र पथुम निसांकाले २० रन जोडे ।

आयरल्यान्डका मार्क अडायरले चार विकेट लिए । ९.५ ओभर बलिङ गरेका अडायरले एक मेडन राख्दै ४६ रन खर्चिए । बेरी म्याकार्थीले तीन विकेट लिँदा गारेथ डेलानीले दुई विकेट हात पारे ।

समूह ‘बी’ मा रहेका दुवै टिमको यो तेस्रो खेल हो । समूहमा श्रीलंकाले यसअघिका दुवै खेलमा जित निकाल्दा आयरल्यान्ड भने जितविहीन छ ।

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुने छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro