site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न बिमा योजना ल्याउँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच असारभित्र नै मर्जर गरी एकीकृत कारोबार गर्ने गरी तयारी हुँदै छ । एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बजारमा बिक्रीका लागि ल्याउने बिमा योजनाहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ ।

दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषण पछि साउन १ गतेबाट बिक्री वितरणको लागि १२ वटा बिमा योजनाहरू छनोट भएको बताइएको छ । नेपाल बिमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृति समेत प्राप्त भैसकेको बताइएको छ ।

Argakhachi Cement Island Ad

नेपाली जनमानसको आवश्यकता, बिमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरूलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याइने बताइएको छ ।

स्वीकृत बिमा योजनाहरूमा सुपर सुरक्षित बिमा, समृद्ध जीवन बिमा, चमत्कारिक हेरचाह बिमा, लोकप्रिय धन फिर्ता बिमा, स्मार्ट प्लस बिमा, बम्पर श्रीवृद्धि बिमा, गज्जवको लगानी फिर्ता बिमा, डबल धमाका बिमा, सबैको जीवन बिमा, सर्वश्रेष्ठ आजिवन बिमा, सुनौलो किरण बिमा,  बैभव जीवन बिमा, जीवन उन्नति बिमा, लगानी फिर्ता बिमा र निर्धक्क जीवन बिमा योजनाहरू कम्पनीले ल्याउने तयारी गरेको हो । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्