site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको चेतावनी– वास्ता नगरे टुलुटुलु हेरेर बस्दैनौँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसद्मा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । 

आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले बजेट कर्मकान्डी आएको बताए । उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

"रास्वपा स्थायी सरकारको पक्षमा छ । हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ," परियारले भने ।

तर, उनले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए । उनले संसद्मा पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको पनि बताए । 

"बजेट कर्मकान्डी आएको छ । अर्को पटक यस्तो आउने छैन । हामीले त्यसको तयारी गरिरहेका छौँ । यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रिफ्रेम गर्नुपर्छ," उनले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro