site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा माल्दिभ्स बंगलादेशसँग स्तब्ध

काठमाडौं । अग्रता जोगाउन नसक्दा दुईपटकको च्याम्पियन माल्दिभ्सले आइतबार साफ च्याम्पियनसिपमा बंगलादेशसँग ३–१ को हार बेहोरेको छ ।

भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा माल्दिभ्सले १–० को अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो ।

Dabur Nepal
NIC Asia

खेलको १८औँ मिनेटमा हम्जा मोहमेदले गरेको गोलबाट माल्दिभ्सले अग्रता बनाएको थियो । तर, पहिलो हाफ हुन तीन मिनेट बाँकी रहँदा रकिब हुसैनले गोल गर्दै बंगलादेशलाई बराबरीमा फर्काएका थिए । ६७औँ मिनेटमा तारिक काजीले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखे । यस्तै, खेलको अन्तिम मिनेटमा सेख मोर्सालिनले गोल गरेपछि बंगलादेशले माल्दिभ्सविरुद्ध ३–१ को पुनरागमन जित निश्चित गर्‍यो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको बंगलादेश समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश यसअघि पहिलो खेलमा आमन्त्रित टोली लेबनानसँग २–० ले पराजित भएको थियो ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि यसपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro