site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध नेपाली टिममा तीन खेलाडी परिवर्तन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो खेलका तीन खेलाडी परिवर्तन गर्दै साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ सार्वजनिक गरिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले कुवेतविरुद्धको खेलमा पहिलो रोजाइमा परेका तीन खेलाडीलाई बेन्चमा राखेका छन् । भारतविरुद्ध विमल घर्तीमगर, देवेन्द्र तामाङ र आयुश घलानलाई पहिलो रोजाइमा राखिएको छ । कुवेतविरुद्ध पहिलो रोजाइमा उत्रिएका नवयुग श्रेष्ठ, विमल पाण्डे र पुजन उपरकोटी भारतविरुद्ध बेन्चमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ । नेपाल च्याम्पियनसिपको पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो । आजको खेलमा विजयी भए भारतले सेमिफाइन यात्रा निश्चित गर्नेछ । 

नेपाल र भारतबीचको खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

Global Ime bank

नेपाली टिम
किरण चेम्जोङ (कप्तान, गोलकिपर), अनन्त तामाङ, लाकेन लिम्बू, एरिक विष्ट, विमल घर्तीमगर, आयुश घलान, अञ्जन विष्ट, देवेन्द तामाङ, सनीष श्रेष्ठ, मनीष डाँगी र रोहित चन्द ।

adfg1687614006.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय