site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ च्याम्पियनसिप : कुवेत सेमिफाइनलनजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानलाई ४–० ले हराउँदै आमन्त्रित टोली कुवेतले साफ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । समूह ‘ए’मा रहेको कुवेतले लगातार दोस्रो जित निकालेको हो । 

शनिबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा कुवेतलाई सहज जित दिलाउन मुबारक फानिनिले दुई तथा सुल्तान इनिजी र इद राशिदीले समान एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

१०औँ मिनेटमा इनिजीको गोलबाट कुवेतले अग्रता बनाएको थियो । १७औँ मिनेटमा फानिनिले गरेको गोलबाट कुवेतले अग्रता दोब्बर पारेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा फानिनिले नै गोल गरेपछि कुवेतले मध्यन्तरसम्म अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ६९औँ मिनेटमा राशिदीले गोल गर्दै कुवेतलाई ४–० को सहज अग्रतामा पुर्‍याएका थिए ।

कुवेतले पहिलो खेलमा नेपाललाई ३–१ ले हराएको थियो ।

Global Ime bank

च्याम्पियनसिपमा पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पाकिस्तानले पहिलो खेलमा भारतसँग ४–० कै हार व्यहोरेको थियो ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय