site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

काठमाडौं । नेपाल–चीन ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार उक्त महोत्सवको उद्घाटन गरे ।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा बोट फेस्टिभल सुरु भएको हो । दुईदिने महोत्सव फेवातालमा आयोजना गरिएको छ ।

महोत्सवमा चिनियाँ चार र नेपाली चार गरी आठ टिम सहभागी छन् । ती आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । २०० र ५०० मिटर गरी दुई विधामा आठ बोट रेस प्रतियोगिता हुनेछ ।

ड्रागनजस्तै देखिने गरी बनाइएको डुंगाको अग्रभागमा बसेर एकजनाले ड्रम बजाउनेछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउनेछन् । पुछारमा बस्ने एकजनाले डुंगाको दिशा मिलाउनेछन् ।

निर्धारित दूरी सबैभन्दा पहिले पार गर्ने टिम विजेता बन्नेछ । सहभागी आठै टिमले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने दुवै विधाका टिमले समान पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा दुई हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro