site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घोराही सिमेन्टको आईपीओमा लगानी गरेको पैसा कहिले आउँछ फिर्ता ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यही असार ४ गते घोराही सिमेन्ट इन्डष्ट्रीको आईपीओमा आवेदन बन्द गर्न निर्देशन दियो । उक्त आईपीओमा परेको आवेदनमा आशंका गर्दै बोर्डले बन्द गर्न निर्देशन दिएको हो ।

असार गते बेलुका ४ः४४ बजेसम्म पाँच लाख ६२ हजार ४३ जनाले दुई करोड २६ लाख १७ हजार ३७० कित्ता घोराही सिमेन्टको आईपीओ माग गरेका छन् । यसरी आईपीओ माग गर्नेको नौ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९५० रुपैयाँ रोक्का छ ।

घोराहीले प्रिमियम मूल्य ३३५ थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । तर, रकम नभएको खाताबाट १० लाख कित्तासम्म आवेदन परेकाले आशंका उब्जिएको हो ।

Dabur Nepal
NIC Asia

यस्तै, केयर रेटिङ गराउँदा पनि आफ्नो स्वार्थ बाझिने कम्पनीबाट गरेको भन्दै बोर्डले रेटिङ कम्पनीलाई स्पष्टीकरण सोधेको थियो । तर, तोकिएको समयमा केयर रेटिङ नेपालले जवाफ नदिएको पनि बोर्डले जनाएको छ ।

अब बोर्डले प्रतिवेदन तयार नपारुन्जेलसम्म कम्पनीमा आईपीओ खरिदका लागि रोक्का भएको रकम लगानीकर्ताले झिक्न पाउँदैनन् । तर, रोक्का रहेको रकम आवेदकको खातामै हुन्छ । रोक्का रहेको रकमको पनि ब्याज आउने बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकार बताउँछन् ।

उनका अनुसार हाल आईपीओमा परेका आवेदनबारे छानबिन हुँदैन । सो छानबिनपछि पुरानै आवेदनलाई स्वीकृति दिने वा नयाँ खुला गर्न निर्देशन दिने भन्ने विषयमा निष्कर्ष निकालिनेछ ।

“हामीले छिटै नै निर्णय दिन भनेर काम गरिरहेका छौँ । चाँडै नै हामीले प्रतिवेदन अध्यक्षज्यूलाई बुझाउनेछौँ,” ताम्राकारले बाह्रखरीसित भने, “तर, आवेदकले द्विविधा हुनु पर्दैन । रकम आफ्नै बैंकमा हुन्छ । रोक्का मात्र भएको हुन्छ । त्यसको ब्याज दिनगन्ती आउँछ ।”

घोराही सिमेन्ट इन्डष्टी र केयर रेटिङ नेपालमा एउटै व्यक्तिको लगानी भएकाले स्वार्थ बाझिने भन्दै आलोचना भएको थियो । सोही कारण पनि बोर्डले जवाफ नआएको भन्दै आईपीओमा आवेदन बन्द गराएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसक्दा समेत आवेदन दिने म्याद थप गरिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro