site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ च्याम्पियनसिप : आमन्त्रित टोली लेबनानको सुखद सुरुआत 

काठमाडौं । आमन्त्रित टिम लेबनानले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध २–० को जित निकाल्दै सुखद सुरुआत गरेको छ । 

बिहीबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालमा सम्पन्न खेलमा लेबनानलाई तिज दिलाउन हसन माटोउक र खालिल बडेरले एक–एक गोल गरे ।

खेलको ७९औँ मिनेटमा माटोउकले गोल गर्दै लेबनानलाई अग्रता दिलाएका थिए । यस्तै, इन्जुरी समयमा बडेर लेबनानको अग्रता दोब्बर पार्दै २–० को जित निश्चित गरे । 

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro