site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गैरसरकारी संस्थालाई विद्युत् प्रसारण लाइन बनाउन दिनु हुँदैन : कुलमान घिसिङ
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काठमाडौंमा विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताए । खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए ।

Dabur Nepal
NIC Asia

भूमिगत गर्ने काम निकै अफ्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने उनले बताए । तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अफ्ठ्यारो व्यहोर्नुपर्ने उनको भनाइ छ ।

प्रबन्ध निर्देशक घिसिङले एनजीओ आईएनजीओहरुलाई विद्युत् प्रशारण लाइन बनाउन दिनु नहुने बताए । त्यस्तै, एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरुलाई ध्यानाकर्षण गराए ।

उनले देशभरको विद्युत्का पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu