site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शतक बनाएका पुरन आउट, दीपेन्द्रले दिलाए ‘ब्रेक थ्रू’

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा दुई पटककको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको ४४औं ओभरको अन्तिम बलमा वेस्ट इन्डिजबाट शतक बनाएका निकालेस पुरनलाई आफैले क्याच गर्दै आउट गरे ।

दीपेन्द्रले पुरनलाई आउट गर्दै वेस्ट इन्डिजले चौथो विकेटका लागि बनाएको २१६ रनको साझेदारी पनि तोडे । पुरन र कप्तान साई होपले वेस्ट इन्डिजका लागि २१६ रनको साझेदारी गरेका हुन् ।

पुरन वेस्ट इन्डिज ५५-३ को अवस्थामा ब्याटिङका लागि आएका थिए । जारी खेलको ४४औं ओभरको खेल सकिँदा वेस्ट इन्डिजले चार विकेट गुमाएर २७१ जोडेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro