site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लेबल नलगाएको वस्तु साउन १ देखि जफत हुन्छ : भन्सार विभाग

काठमाडौं । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन पत्राचार गरेको छ । विभागले यस विषयमा बुधबार सम्बन्धित निकायहरुलाई जानकारी गराएको हो ।

आर्थिक विधेयक २०८० ले पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यसरी लेबल नगरी बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गरी त्यस्ता मालवस्तु जफत हुने व्यवस्था आर्थिक विधेयकमा छ ।

असार मसान्तमा आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा त्यसअघि विभागले सरोकारवालाहरुलाई सोहीअनुसार अघि बढ्न आग्रह गरेको छ ।

यस विषयमा विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल समुद्रपार निकासी पैठारी संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, हिमालय सीमापार वाणिज्य संघ, नेपाल फ्रेट फरवार्डस एसोसिएसन, नेपाल भन्सार एजेन्ट महासंघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपाललाई ताकेता गरेको छ ।

“आर्थिक विधेयक, २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (१), (२), (३) र (४) को व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने गराउने विषयमा सबै सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ,” विभागले भनेको छ, “प्रस्तुत सन्दर्भमा विधेयकको उल्लिखित दफा १८ को उपदफा (४) मा संवत् २०८० साल साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनु पर्नेछ ।”

विभागले अघि भनेको छ, “त्यसरी लेबल नलगाइ बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले उक्त व्यवस्थाको जानकारी तहाँ सम्बद्ध सबै व्यावसायिक निकायहरुलाई गराइदिन आदेशानुसार अनुरोध छ ।”

यसरी वस्तु आयात गर्दा उपभोक्ताले कस्तो वस्तु प्रयोग गरिरहेको छु भनेर हेर्न सक्ने र कालोबजारीसमेत कम हुने विश्वास भन्सार विभागको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro