राजनीति
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मिडल इस्ट रिजनल कन्फरेन्सको प्रमुख अतिथि बन्दै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का ओमान जाने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट खड्कालाई प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो ।
बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिइन् ।
मन्त्रिपरिषद्ले भन्सारसम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको उनले बताइन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्