site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत 
फाइल तस्बिर ।

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको दोहोर्‍याएका छन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विमानस्थल उद्घाटनका क्रममा पनि उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनाइएको बताएका थिए ।

कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको उल्लेख गरे ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुआत भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरहरूबाट यो निर्माण भएको हो,” उनले भने, “अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।”

नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि ०७३ साउन १८ देखि यो विमानस्थलको निर्माण थालिएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट)सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग ०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्