site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौंबाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट तोकिएअनुसार नै तत्तत् स्थानमा गएर विवरण भर्न पनि काठमाडौं प्रशासनले अनुरोध गरेको छ । विभागले काठमाडौंबाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनले बताए ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गराउनुपर्नेछ । यस्तै, राष्ट्रिय सभागृहमा काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका वाग्मती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भराउन सकिने सहायक प्रजिअ आचार्यले बताए । यसअघि, ती क्षेत्रका नागरिकले काठमाडौं प्रशासनबाटै विवरण दर्ता गराउँदै आएका थिए ।

परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ । रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro