site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सेनेगलले ब्राजिललाई हरायो 

काठमाडौं । पोर्चुगलको लिस्बनमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई ४-२ ले पराजित गरेको छ ।

इस्टाडियो जस अभालाडेमा सम्पन्न खेलमा वेस्ट ह्यामका मिडफिल्डर लुकास पाकेटाले ११औं मिनेटमा ब्राजिललाई अग्रता दिलाएका थिए । तर, २२औं मिनेटमा सेनेगलका हबिब डियालोले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै माक्विनहोसले आत्मघाती गोलबाट सेनेगलले अग्रता बनाएको थियो । ५५ औं मिनेटमा मानेले गोल गर्दै सेनेगलको अग्रतालाई ३-१ मा पुर्‍याएका थिए ।

त्यसको तीन मिनेटपछि माक्विनहोसले नै गोल गर्दै ब्राजिललाई ३-२ को अवस्थामा ल्याएका थिए । तर, इन्जुरी समयमा मानेले प्राप्त पेनाल्टी सदुपयोग गरेपछि सेनेगलले ४-२ को जित निश्चित गर्यो ।

ब्राजिल र सेनेगलबीचको खेलको पहिलो रोजाईमा दुवै टिमको गरी इङ्लिस क्लबबाट खेल्ने नौ खेलाडी मैदान उत्रिएका थिए ।

पाकेटासँगै ब्राजिलको टोलीमा म्यान्चेस्टर सिटीका गोलकिपर इडरसन, न्यूक्यासलका मिडफिल्डर जोएलिन्टन र ब्रुनो गुइमारेस र टोटनह्यामका फरवार्ड रिचार्लिसन थिए।

यसैबीच, सेनेगलको टिममा नटिङ्घम फरेस्ट डिफेन्डर मौसा नियाखाते, चेल्सीका सेन्टर ब्याक कालिडो कौलिबाली, लेस्टरका मिडफिल्डर नामपालिस मेन्डी र वाटफोर्डका फरवार्ड इस्माइला सर थिए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro