site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोखरामा एकैदिन दुई दूतावासको कार्यक्रम : विमानस्थलमा चिनियाँ विमान, रंगशालामा भारतीय योग
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि, सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरे । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरे ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले यो दिवसप्रति समर्थन जनाए । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । त्यसअघि, नेपालमा माघ १ मा योग दिवस मनाउने गरिन्थ्यो । उक्त महासभापश्चात् नेपालमा पनि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिएको छ ।

बुधबार अर्थात, जुन २१ तारिख । पोखरामा दुईवटा कार्यक्रम साढे दुई घण्टाको फरकमा छन् । एउटा हो, अन्तर्राष्ट्रिय योग दिवसको । अर्कोचाहिँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण ।

Prabhu Bank
Agni Group
NIC Asia

Pokhara-pr1687310464.jpg

एउटा भारतले संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेको योग दिवस, अर्कोचाहिँ चिनियाँ लगानीमा बनेको अन्तर्राष्ट्रिय विगमानस्थलमा चीनबाट नै अवतरण हुने चार्टर्ड फ्लाइट । संयोगले मिति एकैदिन परेको छ ।

Global Ime bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् उद्घाटन भएको ६ महिना भइसक्यो । करिब २८ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्मित विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल संचालन हुनासाथ भारतको वाराणसी र दिल्लीलगायतका सहरमा उडान भर्ने तयारी गरेका विमान कम्पनीहरु भारतले अनुमति नदिँदा यत्तिकै रोकिएका छन् । पोखराबाट सिधा हवाइ उडान अनुमतिको लागि उड्ने बाटो चाहिन्छ । अहिले नेपालले अनुमति पाएको रुट सिमरामात्रै हो ।

अर्कातर्फ पोखरामा भारतीय पेन्सन क्याम्प स्थापना भएको पनि झण्डै ६३ वर्ष भइसकेको छ । पोखरा १० मा रहेको सो क्याम्पमा सेनाका मेजरसहित करिब ७० जनाको डफ्फा रहन्छ । त्यसको अलावा उसले गण्डकीका विभिन्न जिल्लामा पेन्सन वितरणको लागि भनेर शिविर सञ्चालन गर्छ ।

पोखरामा पेन्सन क्याम्प रहेको भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको कारण भारतले युद्धलाई पनि हेर्छ भनेर विश्लेषक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले यसअगाडि नै पंक्तिकारसँग बताएका थिए ।

उनले भनेका थिए, “उनीहरूले केसम्म सोचेका छन् भने भोलि कथंकदाचित चीन र भारतबीच युद्धको आशंका भयो भने, चिनियाँहरू ल्हासाबाट १०÷१२ मिनेटमा नै पोखरा आउँछन् । पोखराबाट २० मिनेटभित्रै भारतीय सेनाको बेसक्याम्पसम्म पुग्न सक्छन् भने आशंका उनीहरूको छ ।”

पोखरामा भारतीय चहलपहल सक्रिय रुपमा देखिनु र चीनकै लगानीमा पोखरामा नै विमानस्थल बन्नुमा नेपाल भूराजनीतिक स्वार्थको चपेटामा परेको विश्लेषण उनको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चार्टर्ड फ्लाइटमा सिचुवान प्रान्तको राजधानी छेन्दु सहरबाट सिधा उडानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ः१५ बजे अवतरण गर्नेछन् । चीनसँग प्रत्यक्ष उडानको कुरा गरेको उनले बताएका छन् ।

भारतीय दूतावासको सक्रियतामा आयोजित अन्तर्राष्ट्रिय योग दिवस र पोखरामा आउने पहिलो अन्तर्राष्ट्रिय विमान दुवैको स्वागतकर्ता तथा आयोजक भने पोखरा महानगरपालिका रहेको छ ।

‘सद्भाव र शान्ति’को नारासहित बिहान ६ः४५ बजे पोखरा रंगशालामा उपस्थित हुन महानगरले निमन्त्रणा पठाएको छ भने ९ः१५ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा हुने पहिलो अवतरणमा स्वागत कार्यक्रमको लागि उपस्थित हुन महानगरले आमन्त्रण गरेको छ ।

पहिलो अन्तर्राष्ट्रिय विमानको अवतरण स्वागत कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावास पनि आयोजकको सूचीमा रहेको छ । असार ८ र ९ गते पोखरामा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको लागि भन्दै ड्रागन बोट फेस्टिभल कार्यक्रम राखिएको छ । सोही कार्यक्रमको लागि चीनबाट चार्टर्ड विमान आउन लागेको हो ।

प्रतियोगिताको  लागि चीनबाट आठवटा डुंगा ल्याइसकिएको छ । डुंगाहरुको मूल्य ३० करोड हाराहारीमा भएको र प्रतियोगितापछि ती डुंगा पोखरालाई हस्तान्तरण हुने बताइएको छ ।

यता, भारतीय राजदूतावास आफै आयोजक बनेर योग दिवस मनाउन पोखरा रंगशालालाई छनोट गरेको छ । मितिको संयोग भए पनि विश्लेषकहरु भने यसलाई भारतीय र चिनियाँ प्रभाव बढाउने प्रतिष्पर्धाका रुपमा पोखरा एक्सपोज भएको बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement