site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तान रोहित आउट
फाइल तस्बिर।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले कप्तान रोहितलाई स्कोरबोर्डमा ११२ रन जोड्दा तेस्रो विकेटको रुपमा गुमाएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि रोहितले २९ बलमा दुई चौकासहित १६ रन जोडे । रोहित निसर्ग पटेलले गरेको २७औं ओभरको पहिलो बलमा जसदीप सिंहबाट क्याच भए ।

जारी खेलको २६.३ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ११५ रन जोडेको छ । नेपालबाट हाल क्रिजमा रहेका भीम सार्की ३३ र कुशल मल्ल एक रनमा खेलिरहेका छन् ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro