site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता संशोधन ऐनसम्बन्धी रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ । यसअघि, अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा उक्त रिटको पेसी परेपछि हेर्न मिल्ने भएको हो ।

राष्ट्रपति पौडेलले तत्कालीन संघीय संसद्का दुवै सदनमा पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दर्ता गरेका थिए ।

Dabur Nepal
NIC Asia

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले प्रमाणीकरण भएको ऐन तत्काल कार्यान्वयन नगर्न जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोपश्चात् ३० गते न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले मन्त्रिपरिषद्को विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेको पत्र पेस गर्न आदेश दिएको थियो ।

मंगलबार अन्तरिम आदेश छलफलका लागि तोकिएको सुनुवाइ पेसी भने स्थगित भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro