site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियामा सडक किनारमा बम विस्फोट हुँदा पाँच सैनिकको मृत्यु

दमास्कस । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सोमबार सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको सरकार समर्थक शाम एफएम रेडियोले जनाएको छ ।

बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको थियो । बम कसले राखेको हो भन्ने अझै प्रस्ट भइसकेको छैन तर यसले सक्रिय इस्लामिक स्टेट (आईएस) लडाकुहरूमाथि संकेत गरिएको छ ।

आइतबार मध्य प्रान्त होम्सको मरुभूमि क्षेत्रमा सडक किनारमा राखिएको बम विस्फोटमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए ।

यसैगरी आइतबारको अर्को छुट्टै आक्रमणमा एक सिरियाली लेफ्टिनेन्टलाई आईएस समूहका लडाकुहरू मानिने सशस्त्र व्यक्तिहरूले घाइते बनाएका थिए । जुन १३ मा सडक किनारमा भएको बमले होम्समा एक सिरियाली सैनिक अधिकारीको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro